सामाजिक सञ्जालमा हुने गालीगलौज र दुष्प्रचार सार्वजनिक गर्न एमालेले थाल्यो ‘अपरेसन ऐना’ अभियान
काठमाडौँ — नेकपा (एमाले) ले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध लेखिएका टिप्पणी, गालीगलौज तथा भ्रमपूर्ण सामग्रीलाई सार्वजनिक गर्न ‘अपरेसन ऐना’ अभियान सुरु गरेको छ। पार्टीका अनुसार एमालेविरुद्ध नियोजित रूपमा दुष्प्रचार गर्ने, भ्रम फैलाउने तथा सामाजिक असहिष्णुता बढाउने गतिविधि बढेको पाइएपछि त्यसको प्रतिवादस्वरूप यो अभियान अघि सारिएको हो।
अभियानअन्तर्गत पार्टीका नेताहरूलाई लक्षित गरी लेखिएका गालीगलौजपूर्ण अभिव्यक्ति र त्यस्ता सामग्री पोस्ट गर्ने प्रयोगकर्ताका विवरण तथा तस्बिरसमेत सार्वजनिक गर्न थालिएको एमालेले जनाएको छ। डिजिटल माध्यममा भइरहेका असभ्य टिप्पणी र भ्रमपूर्ण प्रचारलाई निरुत्साहित गर्दै सम्बन्धित प्रयोगकर्तालाई नै जवाफदेही बनाउने उद्देश्यले ‘अपरेसन ऐना’ सञ्चालनमा ल्याइएको पार्टीको भनाइ छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्