राप्रपाका जिल्ला र प्रदेश अधिवेशन सम्पन्न, मंसिर २६–२८ मा आठौँ महाधिवेशन
काठमाडौँ — आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा आयोजना हुने आठौँ महाधिवेशनलाई लक्षित गर्दै राप्रपाले देशभर सङ्गठनात्मक गतिविधि तीव्र पारेको छ। पार्टीले हालसम्म ७५ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ भने जिल्ला अधिवेशनपछि असोज २१ गते सातै प्रदेशमा एकैदिन अधिवेशन गरी नयाँ प्रादेशिक नेतृत्वसमेत चयन गरिसकेको जनाएको छ।
महाधिवेशनको तयारी स्वरूप मंसिर ४ देखि १० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यतालिका तय गरिएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने ९ जना प्रतिनिधिमा ३ महिला, १ उत्पीडित, २ विभिन्न समावेशी समूह र ३ जना खुला प्रतिस्पर्धाबाट चयन हुने व्यवस्था गरिएको छ। साथै, प्रतिनिधि छनोटमै ४० वर्षमुनिका युवाको सहभागितालाई अनिवार्य गरिएको पार्टीले स्पष्ट पारेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्