वायु प्रदूषण नियन्त्रण गर्न काठमाडौँ महानगरले ल्यायो २७ रणनीतिक क्षेत्रसहितको कार्ययोजना
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले उपत्यकाको वायु गुणस्तर कायम राख्न तथा प्रदूषण न्यूनीकरण गर्न २७ वटा रणनीतिक क्षेत्र र १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ को मस्यौदा तयार पारी कार्यान्वयनमा लैजाने भएको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार सडकको धुलो, सवारीसाधनबाट निस्कने धुवाँ, खुला रूपमा फोहर जलाउने प्रवृत्ति र घरभित्रको वायु प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलो, विद्युतीय सवारीसाधन प्रवर्द्धन, हरियाली विस्तार तथा जनस्वास्थ्य सुरक्षासम्मका कार्यक्रमहरू यसमा समेटिएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र ब्लुमवर्ग फिलान्थ्रोपिजसँगको सहकार्यमा नसर्ने रोग र चोटपटकबाट नागरिकलाई बचाउने विश्व सहरहरूको सञ्जालमा आबद्ध काठमाडौँ महानगरले भौगोलिक बनावटका कारण बढ्दो प्रदूषणलाई साझा प्रयासबाट घटाउने लक्ष्य राखेको छ। कार्ययोजनाअन्तर्गत तत्काल, एक वर्षभित्र र दुईदेखि पाँच वर्षको अवधिमा सम्पन्न गर्ने गरी अल्पकालीन तथा दीर्घकालीन योजना वर्गीकरण गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना निर्माणको गृहकार्य तीव्र
3 दिन अगाडि
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा, वायु गुणस्तर सूचकांक १८३ पुग्यो
3 दिन अगाडि
टिप्पणी लेख्नुहोस्