सरोजकुमार यादव दोस्रोपटक मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त
जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा), नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मधेश प्रदेशको सातौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि गरिएको आह्वानअनुसार कुनै पनि दाबी नपुगेपछि प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शनिबार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीका रूपमा यादवको यो दोस्रो कार्यकाल हो। यसअघि उनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए भने प्रदेशसभाको पहिलो कार्यकालमा सभामुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै प्रदेशको राजनीतिक समीकरण र सत्ता सञ्चालनको नयाँ अध्याय सुरु भएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्