Logo

गण्डकीमा राइड सेयरिङको अन्योल

ललित सन्देश २०८३ मंसिर ७, ७:४१ AM
गण्डकीमा राइड सेयरिङको अन्योल

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई औपचारिक रूपमा वैधानिकता प्रदान गर्दै आवश्यक ऐন तथा नियमावली तर्जुमा गरे पनि यसको व्यावहारिक कार्यान्वयनमा भने गम्भीर अलमल देखिएको छ। सरकारले कानुन बनाएको चार महिनाभन्दा बढी समय बितिसक्दासम्म जम्मा दुई वटा कम्पनीले मात्र आधिकारिक रूपमा इजाजतपत्र प्राप्त गरेका छन्।

यसैबीच, बजारमा लोकप्रिय ठूला राइड सेयरिङ कम्पनीहरू जस्तै पठाओ, इनड्राइभ र यांगो जस्ता संस्थाहरू कानुनी दायराभित्र आउन आनाकानी गरिरहेका छन्। नियमनकारी निकायले तोकेका सर्तहरू पालना नगरी सञ्चालन भइरहेका यी ठूला कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याउन प्रदेश सरकारलाई हम्मेहम्मे परेको छ।
तत्काल कुनै ठोस विकल्प तयार नभई एक्कासि सेवा बन्द गराउँदा आम यात्रुहरू र हजारौं युवा राइडरहरू प्रत्यक्ष मारमा पर्ने चिन्ताले गर्दा सरकार कडा कदम चाल्नबाट पछि हटेको छ। नीति र नियम कागजमा सीमित हुँदा र सेवा प्रदायकहरूले नियम पालना गर्न टालटुल गर्दा गण्डकी प्रदेशमा आधुनिक यातायात सेवाको भविष्य अहिले अन्योलको कालो बादलले घेरिएको छ।
DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्