गुरु नानक जयन्तीले सत्य, न्याय र मानव कल्याणको मार्गमा अग्रसर हुन प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरु नानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आज (मङ्गलबार) एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सिख धर्मका प्रवर्तक गुरु नानकले समाजमा विद्यमान अन्धविश्वास, रूढिवादी परम्परा, जातीय विभेद र असमानताको अन्त्य गर्दै समतामूलक, न्यायपूर्ण तथा सभ्य समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको उल्लेख गर्नुभएको छ।
गुरु नानकले दिनुभएको सत्य, करुणा, परोपकार, सहिष्णुता र मानवसेवाको सन्देश आजको आधुनिक युगमा पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ। उहाँले गुरु नानक जयन्तीले सबै नागरिकलाई सत्य, न्याय र मानव कल्याणको मार्गमा अग्रसर हुन थप ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्