Logo

बसाइँसराइले खेतबारी झाडी बन्दा बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्क, नौ महिनामा १२ बाख्रा मारिए

ललित सन्देश २०८३ मंसिर ८, ९:१३ AM
बसाइँसराइले खेतबारी झाडी बन्दा बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्क, नौ महिनामा १२ बाख्रा मारिए

बागलुङ — बागलुङको जैमिनी नगरपालिका–२, दमेकका बस्ती र खेतबारी बसाइँसराइका कारण झाडीमा परिणत हुँदै जाँदा वन्यजन्तुको प्रकोप र जोखिम तीव्र रूपमा बढेको छ। बाँझो जग्गा तथा झाडीमा लुकेर बस्ने चितुवा, दुम्सी र बाँदरले आतङ्क मच्चाउन थालेपछि पशुपालन तथा खेतीपातीमा निर्भर स्थानीय कृषकहरू गम्भीर समस्यामा परेका छन्। स्थानीय गङ्गाधर सापकोटाका अनुसार पछिल्लो नौ महिनामा मात्र पाँच जना कृषकका १२ वटा बाख्रा चितुवाले मारेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेका अनुसार पछिल्लो एक वर्षमा जैमिनी नगरपालिकाबाट करिब दुई सय परिवार बसाइँसराइ गरी सहरतर्फ गएका छन्। छिमेकी बस्तीहरू धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायतका गाउँ रित्तिएर खेतबारी झाडी बनेपछि दमेकको गौडा, भैँसेखर्क र टापु क्षेत्रमा बसोबास गर्ने २५ परिवारको जनजीवन र खेतीपाती वन्यजन्तुको निसानामा परेको स्थानीयवासीले बताएका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्