म्याग्दीको अन्नपूर्णमा तीव्र हावाहुरी
म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मङ्गलबार बिहानैदेखि चलेको तीव्र गतिको चिसो हावाहुरीका कारण स्थानीय जनजीवन नराम्ररी प्रभावित भएको छ। गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजाका अनुसार हावाहुरीले अन्नपूर्ण–६ काभ्रेमा तीन र नारच्याङमा एक गरी चारवटा घरको छानो उडाएको छ भने रुख ढलेर भुरुङ–तातोपानीदेखि मान्द्रढुङ्गा जोड्ने सडक र विभिन्न बस्तीको विद्युत् सेवासमेत अवरुद्ध भएको छ।
राति करिब ३ बजेदेखि सुरु भएको हावाहुरीका कारण दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रका सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन भएको वडा सदस्य दुर्गादत्त सुवेदीले जानकारी दिनुभयो। तीव्र हावाले कालीगण्डकी करिडोरको कच्ची सडक तथा नदी किनारको बगरबाट धुलो उडाउँदा आसपासका बस्तीहरू धुलाम्मे बनेका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्