बाजुराका तीन खोलामा एकैपटक झोलुङ्गे पुल निर्माण सुरु
बाजुरा — बाजुराका दुई स्थानीय तहका तीनवटा खोलामा एकैपटक झोलुङ्गे पुल निर्माणको काम सुरु भएपछि स्थानीयवासी खुसी भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा बुढीनन्दा नगरपालिका–४ स्थित घोडाकोटी खोला, बडीमालिका नगरपालिका–७ जिल्लीको माउलेख खोला र बडीमालिका–६ जडाङ्गास्थित बुढीगङ्गा खोलामा गरी तीनवटा झोलुङ्गे पुल निर्माण प्रक्रिया अघि बढाइएको हो।
बुढीनन्दा–४ का वडा अध्यक्ष जुल्फे रोकायाका अनुसार घोडाकोट र ताडी माटीखाना बस्तीका एक सयभन्दा बढी घरधुरीले हरेक वर्खामा ज्यान जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता रहेकोमा अब १५५ मिटर लामो झोलुङ्गे पुल बन्ने भएपछि वर्षौँदेखिको सास्ती अन्त्य हुने भएको छ। यातायात पूर्वाधार निर्देशनालय दिपायलका कर्मचारी टेकेन्द्र कुँवरले गत असारमै निर्माण सम्झौता भए पनि वर्खाका कारण रोकिएको काम अहिले सुरु भएको र तीनवटै पुलको 'लेआउट' सम्पन्न भई केही दिनभित्रै शिलान्यास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्