Logo

कालीमाटी बजारमा स्थानीय सुन्तला भित्रिन थाले, ५ केजीको मूल्य ३५० देखि ६०० रुपैयाँसम्म

ललित सन्देश २०८३ मंसिर ८, ६:५९ AM
कालीमाटी बजारमा स्थानीय सुन्तला भित्रिन थाले, ५ केजीको मूल्य ३५० देखि ६०० रुपैयाँसम्म

काठमाडौँ — सुन्तलाको मुख्य याम (सिजन) सुरु भएसँगै काठमाडौँ उपत्यकाको प्रमुख थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा स्वदेशी सुन्तलाको आगमन सुरु भएको छ। हाल बजारमा सुन्तला उत्पादनका पकेट क्षेत्र मानिने गोरखा, तनहुँ, स्याङ्जा र कास्कीलगायतका पहाडी जिल्लाबाट कृषक तथा व्यवसायीहरूले सुन्तला भित्र्याउन थालेका हुन्।

कालीमाटी बजारमा सुन्तलाको आकार, स्वाद र गुणस्तरअनुसार थोक मूल्य निर्धारण गरिएको छ। व्यापारीहरूका अनुसार हाल बजारमा गुणस्तर हेरेर प्रति पाँच किलोग्राम सुन्तलाको मूल्य ३५० रुपैयाँदेखि ६०० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। सिजनको सुरुवाती चरण भएकाले गुणस्तरीय र ठूला दाना भएका सुन्तलाको माग उच्च रहेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्