अयोध्याबाट छुटेको ‘सरयुग–कमला एक्सप्रेस’ रेल १ हजार १ सय अतिथिसहित जनकपुरधाम आइपुग्यो
जनकपुरधाम — भगवान् रामको नगरी भारतको अयोध्याबाट प्रस्थान गरेको ‘सरयुग–कमला एक्सप्रेस’ यात्रुवाहक रेल माता सीताको नगरी जनकपुरधाम आइपुगेको छ। सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर उद्घाटन गरेपछि अयोध्याबाट गुडेको उक्त रेल मङ्गलबार बिहान ९ः४० बजे जनकपुरधाम रेलवे स्टेसनमा अवतरण गरेको हो।
उक्त विशेष रेलमा भारतीय पक्षबाट आमन्त्रण गरिएका विशिष्ट व्यक्तित्व, भारतीय रेलवेका उच्च अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधि गरी करिब एक हजार एक सय अतिथि सहभागी रहेका छन्। जनकपुरधाम स्टेसनमा आगन्तुक अतिथिहरूलाई सङ्घीय युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतले भव्य स्वागत गर्नुभएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्